बाँके, बैशाख २४-
नेपालमा कोरोना भाइरसका संक्रमित थपिदै गएका छन् । बुधबार मात्र १७ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज कोरोना भाइरसको संक्रमण पुष्टि भएकामा २ महिनाका शिशु पनि छन् । थपिएका सबै संक्रमित पर्सा जिल्लाका हुन् । उनीहरूमध्ये १० पुरूष र ७ महिला छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको देवकोटाले जानकारी दिनु भएको छ ।