बाँके, असार ३-
सरकारको ध्यानाकर्षण गराउन नेपाली कांग्रेसले मंगलबार बाँकेसहित देशभर ज्ञापन पत्र बुझाएको छ । नेपाली कांगे्रेस बाँकेले दिउँसो बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको हो । नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले उक्त ज्ञापन पत्र हस्तान्तरण गर्नु भएको हो । कोरोना भाइरस नियन्त्रण र ब्यवस्थापनमा सरकार पुरै असफल भएको कांग्रेसको ठहर छ ।
उक्त ज्ञापन पत्रमा सरकारले कोरोना महामारी नियन्त्रण तथा ब्यवस्थापन गर्न नसकेको, क्वारिन्टिन तथा आइसोलेसन मापदण्ड अनुसार नभएको, ब्यवस्थापन प्रक्रिया फितलो रहेको, क्वारिन्टिनमै महिला बलात्कृत भएको लगायत कुरा उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझाउने क्रममा उपसभापतिद्धय सुनिलनरसिंह राणा र फुलाराम थारु, सचिवद्धय तप्त पौडेल र कपिल शर्मा,नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का सभापति माधवराम खत्री, क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ता, क्षेत्र नम्बर ३ का सभापति नक्की खाँ, पुर्व सभासद बादसा कुर्मी, मोहम्मदी सिद्धिकी, पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, जिल्ला कार्यसमिति पदाधिकारी, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।