कोरोनाको संक्रमण फैलिन नदिन नेपालगन्जमा विशेष सर्तकता

0
126

बाँके(अगैया), चैत ११-

कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपालगन्जमा विशेष सर्तकता अपनाइएको छ । यसका लागि क्वारेन्टाइन, आइसोलेशन चिकित्सक तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएको छ । नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दका अनुसार स्थानीय लायन्स डेण्टल अस्पतालमा ४०, भेरी अस्पतालमा ६ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा करिव ५ शैयाको आइसोलेशन तयारी अवस्थामा छ ।

यस्तै स्थानीय महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइन स्थापना गरिएको छ । सिमापारीबाट आउने ब्यक्तिलाई क्वारेन्टाइनमा ल्याएर राख्ने, स्वास्थ्य जाँच गर्ने, शंकास्पद लक्षण देखिएपछि तत्कालै आइसोलेशन कक्षमा लगेर भर्ना गर्ने ब्यवस्था मिलाइएको चन्दले रेडियो भूवर भवानीलाई जानकारी दिनुभयो ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्