राप्तीसोनारी गाउँपालिकालाई कांग्रेस नेता केसीबाट ९५ क्वीन्टल चामल सहयोग

0
594

राप्तीसोनारी, बैशाख १२-
नेपाली कांग्रेसका युवा नेता पोषण केसीले कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनबाट प्रभावितलाई वितरण गर्नका लागि राप्तीसोनारी गाउँपालिकालाई ९५ क्वीन्टल चामल सहयोग गर्नु भएको छ । केसीले गाउँपालिकाको वडा नम्बर १ देखी ९ का बासिन्दाका लागि यस्तो सहयोग गर्नु भएको हो । गाउँपालिकाको वडा नम्बर १ लाई १५ क्वीन्टल र अन्य वडालाई १० क्वीन्टलका दरले कुल ९५ क्वीन्टल चामल सहयोग गर्नु भएको हो ।

उक्त सहयोग गाउँपालिकाको विभिन्न वडामा पुगेर नेता केसीले हस्तान्तरण गरिसक्नु भएको छ । सरकारले स्थानीय सरकारमार्फत राहत वितरण गर्ने एकद्धार प्रणाली लागु गरेपछि सहयोग गाउँपालिकालाई हस्तान्तरण गरिएको उहाँले बताउनु भयो । लकडाउनको समयमा कुनैपनि नागरिक भोकै बस्न नपरोस् भन्ने उद्देश्यले चामल सहयोग गरिएको नेपाल पत्रकार महासंघका पुर्वमहासचिव समेत रहनु भएका केसीले बताउनु भयो । केसी राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बाँकेका स्थायी बासिन्दा हुनुहुन्छ ।

अघिल्लो लेखमाराप्तीसोनारीको प्रकोप ब्यवस्थापन कोषमा १० हजार सहयोग
अर्को लेखमाकोरोना भाइरस संक्रमण रोकथाम अभियानमा जोडियो बी.गु्रप

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्