करिब पाँच किलो अवैध सुनका गहनासहित नेपालगञ्जबाट दुई जना पक्राउ

0
16


बाँके (नेपालगञ्ज) बैशाख ७-

करिब पाँच किलो अवैध सुनका गरगहनासहित नेपालगञ्जबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जको न्यूरोडस्थित एक होटलबाट ४ दशमलव ९२७ किलोग्राम सुनका गहनासहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले बिहिबार पत्रकार सम्मेलनमार्फत सुनका गहना सहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा विराटनगरका महानगरपालिका वडा नं। ९ का ४२ बर्षिय रमेश सोनी र सोही ठाउँका ३६ बर्षिय प्रकाश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोष सिंह राठौरले जानकारी दिनुभयो ।
पक्राउ परेका व्यक्तिका साथबाट सुनका सिक्री, चुरा, झुम्का, हार, ब्रास्लेट, मंगलसूत्र, बाला, ढुङ्ग्री, औँठी लगायतका सुनका गहना बरामद गरेको एसपी राठोरले पत्रकार सम्मेलन गरि जानकारी गराउनुभयो । साथै उनिहरुको साथमा इस्टिमेट बिलको ठेली थान १, डिजिटल तराजु थान १, विभिन्न मितिमा विभिन्न स्थानमा विक्रि गरेको इस्टिमेट विलहरु थन १४, एनआइसी एसिया बैंकमा ७ लाख ३३ हजार ४ सय जम्मा गरेको भौचर थान १, प्रकाश ठाकुरको नाममा ३ लाख ८६ हजार ४ सय काटेको एनएमबी बैंकको चेक थान १ र विभिन्न दरको नोट गरि नगद ३५ हजार बरामद गरिएको एसपी राठोरले जानकारी गराउनुभयो ।

गरगहना झोलामा राखेर हिँडिरहेको सुराकीका आधारमा बुधबार राती गहना सहित सोनी र ठाकुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनिहरुको साथ बाट सुन कहाँबाट आएको र कहाँ लैजादै गरेको भन्ने बारे अनुुसन्धान भैरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको सुनको जम्मा मुल्य ४ करोड ६९ लाख ५ हजार ७ सय ६३ हुने गर्दछ ।

अघिल्लो लेखमाराप्ती सोनारीमा अब्यवस्थित बसोवासीहरुको नापजाँच सुरु
अर्को लेखमाबाँकेको प्रसिद्ध बाबा बर्फानी आश्रममा गरियो बृहत सरसफाई

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्