औद्योगिक क्षेत्रको विषयमा खरो रुपमा उत्रिने नवनिर्वाचित साँसदहरुको प्रतिबद्धता

0
48


बाके नेपालगञ्ज, मंशिर १५-


बाँकेमा रहेका औद्योगिक क्षेत्रको समस्यालाई लिएर संसदमा खरो रुपमा उत्रिने बाँकेबाट नवनिर्वाचित साँसदहरुले प्रतिबद्धता जनाएकाछन् । नेपाल उद्योग व्यवसायी महासंघको आयोजनामा विहिबार नेपालगञ्जमा आयोजित नव निर्वाचित प्रतिनीधि तथा प्रदेश सभा सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रममलाई संबोधन गर्दै सांसदहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । बाँकेको नौवस्ता निर्माधिन औद्योगिक क्षेत्रको बस्ती ब्यवस्थापन विवादलाई तत्काल टुङ्गोमा पु¥याउने नवनिर्वाचित साँसदहरुले प्रतिबद्धता जनाउनु भयो । उद्योग ब्यवसायन नफस्टाउँदा सम्म समृद्धिको कल्पना समेत गर्न नसकिने बताउँदै बाँके क्षेत्र नं. २ बाट प्रतिनीधि सभा सदस्यमा नवनिर्वाचित डाक्टर धवल समशेर राणाले बाँकेका उद्योगहरुबाट कर्णाली प्रदेशमा दरिलो लगनीको वातावरण बनाउने तर्फ अग्रसर हुन उद्योगी ब्यावसायीलाई सुझव दिनुभयो ।

कार्यक्रममलाई सम्बोधन गर्दै बाँके क्षेत्र नं. ३ बाट प्रतिनीधि सभा सदस्यमा निर्वाचित किशोर सिंह राठोर, लुम्निी प्रदेश सभा सदस्य रत्न खत्री, बादशाह कुर्मी, कृष्णा केसी नमुना, दुर्गा प्रसाद चौधरीले बाँकेलाई औद्योगिक क्षेत्रको हवको रुपमा विकास गर्ने र भ्रष्टाचार मुक्त देश बनाउने संकल्पका साथ अगाडी बढ्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा उद्योगी ब्यावसायी महासंघका केन्द्रीय सदस्य तथा महिला उद्योग परिषदको प्रदेश सह सचिव मिना सुवेदी ढकालले स्वागत मन्तब्य सहत नव निर्वाचित सांसदहरुलाई स्वागत गर्नुभएको थियो । साथै उद्योगी ब्यावसायी महासंघकाका अन्य पदाधीकारीहरुले नव निर्वाचित सांसदहरुलाई खादा र माला लगाएर बधाई तथा शुभकामना दिनुभएको थियो ।

अघिल्लो लेखमासामुदायिक रेडियोको भावी नीति निर्माणबारे प्रदेश स्तरिय छलफल
अर्को लेखमाराप्ती नदीमा डुबेर बेपत्ता राप्ती सोनारीका दुई किशोरीको शव भेटियो

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्