एक महिनामा एक परिवारलाई एक सिलिन्डर ग्यास

0
42

काठमाडौं, चैत १२-
कोरोना भाइरस (कोभिड—१९) को असर लम्बिन सक्ने देखिँदा उपभोक्ताले ग्यासका सिलिन्डर सञ्चित गरे पछि नेपाल आयल निगमले एक परिवारलाई एक महिनामा एक ग्यास सिलिन्डर दिने नीति ल्याएको छ । खाना पकाउन ग्यास अभाव नहोस् र धेरै सञ्चिति नगरुन् भनेर नयाँ नियम ल्याएको निगमले जनाएको छ । ग्यासको बिक्रीलाई प्रभावकारी बनाउनका नयाँ व्यवस्था गरेको निगमका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले बताउनु भयो ।

पौडेलका अनुसार ग्यासमा कालोबजारी रोक्नका लागि ग्यास सिलिन्डर बिक्रेताले उपभोक्ताको नागरिकता, फोन नम्बरको विवरण राखेर निगम र जिल्ला प्रशासन कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ । मागको आधारमा आपूर्ति गर्न कठिन हुने देखेपछि निगमले यस्तो रणनीति बनाएको हो । निगमले उद्योगहरुले आयात गरेका ग्यासको परिमाण, बोटलिङ प्लान्टमा भर्न बाँकी परिमाण, मौज्दातमा रहेका ग्यासका सिलिन्डर, अघिल्लो दिनमा वितरण भएको सिलिन्डर संख्या, ग्यास वितरण हुने डिलरको नाम र ठेगाना लगायतका विवरण दैनिक रुपमा उपलब्ध गराउन निर्देशन दिएको छ ।

अघिल्लो लेखमाआइसोलेसनमा राखिएका बिरामीको मृत्यु
अर्को लेखमाकोरोना संक्रमितसँग यात्रा गरेका बाँकेका चार जनाको खोजी

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्