बाँके, (जानकी गाउँपालिका) फागुन २८-
सिकल सेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रका अभियान कर्ता र रोटरी क्लब अष्ट्रेलियाका सदश्यहरूवीच शनिवार छलफल गरिएको छ । राप्ती सोनारी २ स्थित लक्ष्मी मावि मदुईमा सोमवार हुन लागेको निशुल्क आँखा शिविर लिएर आएका रोटरी क्लब अष्ट्रेलियाका सदस्यहरू तथा अष्ट्रेलियन स्वयम् सेवकहरू सँग सिकल सेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रका अभियान कर्ताहरुले अस्पताल तथा अुनसन्धान केन्द्र स्थपना गर्नुको उद्देश्य र सिकल सेल रोगको बरेमा अस्पताल परिसरमै छलफल गरेका हुन् ।

बाँकेको जानकी गाउँपालिका ३ स्थित सिकल सेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रका अभियान कर्ताहरूको अनुरोधमा रोटरी क्लब धुलिखेलका टीम लिडर अशोक कुमार श्रेष्ठ र रोटरी क्लब बाँ‘केका क्याम्प संयोजकसतीश कुमार अधिकारीको पहलमा करिव ४५ जना बढी अष्ट्रेलियन स्वयम् सेवकहरू अस्पताल परिसरमा पुग्नुभएको थियो । उहाँहरुलाई सिकल सेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रका अभियान कर्ताहरुले अस्पताल परिसरमा खादा र मला लगाएर स्वागत गर्नुका साथै नेपालको थारु समुदायमा स्वाथ्य समस्याको रुपमा देखिएको सिकल सेल एनिमिया र सहज रुपमा उपचार पाउन नसकेकोबारे जानकारी गराउनुभएको थियो ।

सिकल सेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रका संस्थापक अध्यक्ष जिबराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा अभियानकर्ता लोक जन चौधरीले स्वगत मन्तब्य ब्यक्त गर्नुभएको थियो भने डाक्टर राजेश्वर अर्यालले नेपालमा सिकलसेलको अवस्था उपचारमा सिकलसेल पीडितको पहुँचका विषयमा प्रस्तुती करण गर्नुभएको थियो । प्रस्तुतीका क्रममा अष्ट्रेलियन स्वयम् सेवकहरूले निकै चासोका साथ सुन्नुभएको थियो । सिकलसेल एनिमिका विषयमा उहाँहरुले विभिन्न जिज्ञासा पनि राख्नुभएको थियो । कार्यक्रममा रोटरी क्लब अष्ट्रेलियाका सदस्य, स्वाथ्यकर्मी तथा स्वयंसेवक र सिकल सेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रका अभियान कर्ताहरुको सहभागिता रहेको थिायो । सिकल सेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रले आईतबार जानकी गाउँपालिकाबाट रक्त परिक्षण सेवा सहित १५ शैयाको अस्पताल तथा अनुसन्धान केन्द्र सञ्चालनकोलागि अनुमति पत्र समेत लिएको अस्पतालका अध्यक्ष जिवराज चौधरीले जानकारी दिनुभयो ।
