तारा ओली
बाँके राप्तीसोनरी, बैशाख ३०-
आई एन एफ बाँकेले राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर एकलाई राहात प्याकेज उपलब्ध गराएको छ । लक डाउनका कारण अपाङ्ग तथा अति विपन्न परिवार बढी प्रभावित भएको भन्दै सानो सहयोग स्वरुप राहात प्याकेज उपलब्ध गराईएको आई एन एफ बाँकेका प्रवन्धक श्याम बि.कले बताउनुभयो । लकडाउनमा चुल्हो बल्न नसकेका राप्ती सोनारी १ का एक सय घर धुरीलाई १२ किलो चामल, दुई किलो दाल, एक लिटर तेल र एउटा साबुन सहितको राहात प्याकेज उपलब्ध गराउने कार्यक्रम रहेकोमा आज १० धुरीलाई वितरण गरिएको प्रबन्धक विकले बताउनुभयो । वडामा रहेका त्यस्ता परिवारलाई वडापालिकाले पहिचान गरेर विवरण संकलन गरेपछि राहात वितरण गरिएको वडा नम्बर १ का अध्यक्ष चन्द्र बहादुर वलीले जानकारी दिनुभयो ।

स्थानियलाई राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्री, आई एन एफ बाँकेका प्रवन्धक श्याम बि.क र वडा अध्यक्ष ओलीले संयाुक्तरुपमा राहात वितरण गर्नुभएको थियो । राहात वितरण कार्यक्रममा आई एन एफका सहायक प्रवन्धक याम बहादुर खत्री, प्रशासन अधिकृत नन्द साउद र वडा सदस्यलागायतको उपस्थिति रहेको थियो । अन्य बाँकी परिवारलाई बुधबार पनि राहात वितरण गरिने कार्यक्रम रहेको वडा अध्यक्ष वलीले जानकारी दिनुभयो ।