अधिकाँश कर्मचारीहरुलाई कोरोना संक्रमण,गाउँपालिकाको कार्यालय शिल ।

0
78

बाँके, (राप्ती सोनारी ) बैशाख १०-


अधिकाँश कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि बाँकेको राप्तीसोनारी गाउँपालिकाको कार्यालयबाट हुने दैनिक सेवा प्रवाह अवरुद्ध भएको छ ।
गाउँपालिकाका अध्यक्ष लाहुराम थारु सहित १६ जना कर्मचारीहरुलाई एकैसाथ कोरोना संक्रमण भएपछी गाउँपालिकाको कार्यालयबाट हुने सबै सेवा एक हप्ताकालागि बन्द गरिएको हो । यस्तो महामारीको समयमा दैनिक सेवा प्रवाह गर्दा जनस्वास्थ्यको दृष्टिकोणले अत्यन्तै जोखिमपूर्ण हुने भन्दै शुक्रबारदेखि एक हप्ता सम्मकालागि सबै सेवा बन्द गरिएको गाउँपालिकाले एक सूचना मार्फत जानकारी गराएको छ ।


गाउँपालिकाका अनुसार कोरोना संक्रमण हुनेमा प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाही, लेखा अधिकृत गौरब कुमार लामिछाने, लेखापाल कृष्ण रोकाय, शिक्षा शाखा प्रमुख जीवन न्यौपाने, स्वास्थ्य शाखा प्रमुख सुरेश शर्मा, जिन्सी प्रमुख महेन्द्र खड्का,पुर्व प्रमुख प्रशासकीय अधिकृत नर बहादुर बिक, गाउँपालिकाका सबै सवारी चालकहरु लगायत पिसीआर गराएका सबै जना रहेका छन् । कोरोना संक्रमण भएपनी सबैको स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेको लेखा अधिकृत लामिछानेले जानकारी दिनुभएको छ । यसअघि नै गाउँपालिकाका अध्यक्ष लाहुराम थारु कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसिरहनु भएको छ ।

अघिल्लो लेखमाप्रमुख प्रशासकीय अधिकृत शाहीलाई राप्ती सोनारीमा स्वागत
अर्को लेखमाआगलागी पीडितलाई राप्ती सोनारी गाउँपालिकाद्वारा राहात वितरण

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्