बाँके, (राप्ती सोनारी) अशाढ १-
बाँकेको अगैया स्थित सिक्टा सिंचाईको बाँधमा सोमबार भएको दुर्घटनामा वेपत्ता भएका एक जनाको शव भेटिएको छ भने एकजनाको खोजी कार्य जारी छ ।

राप्तिसोनारी गाँउपालिका २ अगैया पुलबाट सोमबार दिउँसो सवा एक बजेतिर ट्याक्टर नदिमा खसेको थियो । दुर्घटनामा ट्याक्टरमा सवार ३ जनामाध्ये दुई जना नदिमा डुबेर बेपत्ता भएका थिए । दुर्घटनामा परेका राप्ती सोनारी १ जरुवाका १९ वर्षिय ऋषि विक भने आफै पौडी खेलेर निस्किएको प्रहरीले जनाएको छ ।
वेपत्ता भएका मध्य राप्तीसोनारी ३ भवानीपुरका २५ वर्षिय चूर्ण बहादुर थारुको शव फेला परेको अस्थायी प्रहरी चौकी अगैयाका प्रहरी सहायक निरक्षक राजेन्द्र बस्नेतले जानकारी दिनुभयो । दुर्घटनास्थलमा पुगेको शसस्त्र प्रहरीको गोताखोर टोलीले नदिबाट थारुको शव निकालेको हो । दुर्घटनामा वेपत्ता भएका राप्ती सोनारी ३ भगौतिपुरका १७ वर्षिय सुनिल थारुको खोजी भईरहेको प्रहरी सहायक निरक्षक बस्नेतले बताउनुभयो ।
फोटोः निर्मला चौधरी
नेपालगञ्जबाट गएको किरन मार्फत नदिबाट ट्याक्टर निकालिएको उहाँले जानकारी दिनुभयो ।
फोटोः पत्रकार हेमन्त चौधरीको फेसबुकबाट ।
सोमबार दिउँसो अगैया पुलबाट १०० मिटर तल राप्ती नदिमा ना ७ त ५१८ नम्बरको ट्याक्टर अनियंत्रित भइ खस्दा चालक सहित २ जना वेपत्ता भएका हुन । बाँकेको राप्ती सोनारी ३ बाट अगैया तर्फ जाँदै गर्दा पुलको बीचभागबाट ट्याक्टर अनियंत्रित भइ आफै उछिट्टिएर नदीमा खसेको प्रत्यक्ष दर्शीले बताएकाछन् । ट्याक्टर ठोकिएर बाँधको ४ वटा रेलिङ भाँचिएको बताईएको छ ।
